राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासभा राष्ट्रिय सभागृहमा जे देखियो...

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासभा राष्ट्रिय सभागृहमा जे देखियो...


  • 6.9K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासभा राष्ट्रिय सभागृहमा जे देखियो...

    काठमाडाैं,७ असार । नेपालका अधिकांश कार्यक्रमहरु तोेकिएको समयमा भन्दा करिव १ घण्टा ढिला सुरु हुने गर्दर्थे । अझ राजनीतिक कार्यक्रम त त्यो भन्दापनि निकै ढिला हुने र लामो समयसम्म चल्ने हुन्थ्यो । दिउँसो १ बजे रवि लामिछानेको पार्टी घोषणा कार्यक्रम थियो । अन्य कार्यक्रम जस्तै यो कार्यक्रम पनि केहि ढिलो हुन्छ भन्ने मलाई लागेको थियो । तर कार्यक्रमस्थनमा निकै भिडभाड हुन्छ भन्ने मलाई लागेको थियो त्यसैले म एक बज्नु भन्दा अगाडिनै रिपोर्टिङको लागि प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृह तर्फ लागे । 

    images

    म पुग्दा एक बजेको थियो । राष्ट्रिय सभागृहमा अन्य विभिन्न समयमा विभिन्न व्यक्ति तथा संगठनहरुले गर्ने कार्यक्रममा भन्दा निकै धेरै मानिसहरुको उपस्थिति थियो । सभागृहको सभाहलमा प्रवेश गर्न मानिसहरु भिडभाडमा तछाड मछाड गरिरहेका थिए । हल भरिसकेको हुनाले मानिसहरु त्यहाँ प्रवेश गर्न सकिरहेका थिएनन् । स्वयम्सेवकहरु ठूलो मात्रामा परिचालन गरिएको भएपनि उनीहरुलाई त्यहाँ उपस्थित मानिसहरुलाई सम्हाल्न निकै हम्मे हम्मे परेको थियो । म पुगेको केहि समयमा नै पूर्व सञ्चारकर्मी रवि लामिछाने राष्ट्रिय सभा गृहमा प्रवेश गरे । उनी गेटमा नआइपुग्दै धेरै मानिसहरुले उनलाई घेरेर भित्र प्रवेश गर्न निकै कठिन भइरहेको थियो । तर स्वयम्सेवको  मद्दतले उनी बल्ला बल्ल सभागृहको प्राङ्गणमा प्रवेश गरे । 

    उनी सभागृहमा प्रवेश गर्दै गर्दा मानिसहरु फोटो खिच्न, र उनको आवाज  सुन्न निकै बल गरिरहेको थिए । रवि लामिछानेले अहिले म पछि बोल्छु भन्दै थिए तर मानिसहरु उनको बोली  सुन्न निक्के आँतुर थिए । सभागृहको प्राङ्गणमा सजाएर राखिएका गमलाहरु मानिसको चापले गर्दा ढले र फुटे । उनलाई सभाहलमा प्रवेश गर्न निकै कठिनाई भयो । उनका समर्थकहरुले उनलाई हेर्न र भेट्न ज्यानको मायाँ नगरि बल गरिरहेका थिए । गेटमा पुग्नुभन्दा अगाडि देखि स्टेजमा नपुगुन्जेलसम्म उनीलाई मानिसहरुले घेरि नै रहे । सभाहलमा मानिसहरु उनलाई सुन्न निकै खाँदिएर बसेका थिए भने बाहिर राखिएको भिडियो हेर्ने ठाउँमा पनि ठूलो संख्यामा मानिसहरुको भिड थियो । 

    उनी जाँदै गर्दा रवि दाई हाइहाइको नारा निकै लाग्यो । जब उनले बोल्न सुरु गरे तब उनको समर्थकको तालि सहितको चिच्याहटले राष्ट्रिय सभागृहनै गुन्जयमान भयो । जब उनले पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ भएको खुलाए तब भित्र बाहिर उनको पार्टीको नामलाई सुनेर सबैले स्वागत गरे । आज आफूले सुरु गरेको भएपनि यो पार्टीमा काम नगर्न सक्दा यहाँ र्याल चुहाइचुहाइ कुनै समय पनि नबस्ने उनले बताए । त्यसपछि उनले आफ्नो पार्टी अरुभन्दा कसरी फरक छ भनेर सात वटा बुँदा प्रस्तुत गरे । उनले प्रस्तुत गरको सात बुँदा अर्थात पार्टीको एजेन्डामा प्राइमरी निर्वाचन हुने, युवालाई ५० प्रतिशतको व्यवस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था गर्ने रहेका छन् । त्यस्तै डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने, परिवारवादलाई पूर्ण रुपमा निषेध, भातृसंगठन र कार्यकर्तारहित लगायतको एजेन्डाहरु रवि लामिछानेले प्रस्तुत गरे । 

    आफू उठ्ने निर्वाचन क्षेत्रको कुरा गर्दा ठूलो मात्रामा हो हल्ला मच्चियो । तर उनले सचेताका साथ मलाई निर्वाचन उठ्न मन त मलाई झापा, चितवन र डडेलधुराबाट उठ्न मन लागेको बताए तब त्यो सुन्न मानिसहरुले ध्यान दिएर उनको कुरा सुने तर उनले निर्वाचन लड्ने क्षेत्र भने खुलाएनन् । उनले आफ्नो पार्टीको चुनाब चिन्ह घण्टी भएको सार्वजनिक गरे तब त्यसलाई मानिसहरुले उत्साहका साथ समर्थन गरे । कतिपयले भने  उनले निर्वाचन चिन्ह लौरो राखिदिएको भएपनि हुने भनेर त्यही बोले । लामिछानेले लगभग ४५ मिनेट लामो भाषण गरे जसमा उनले हरे समय आफ्ना समर्थकहरुलाई उत्साहित बनाइरहे । उनले दल दर्ताको लागि निर्वाचन आयोग जाने र पार्टीको बैठक आजै बस्ने जानकारी गराउँदै आफ्नो भनाइ टुंग्याए । 

    जब उनले आफ्नो मन्तव्य प्रस्तुत गरेर सके तब मानिसहरु उनलाई नजिकबाट हेर्न र उलाइ भेट्नेलागि कुन गेटबाट निस्कन्छन् भनेर यताउता दौडिन थाले । रवि लामिछानेलाई सवारीसाधनसम्म पुर्याउन निकै कठिन भयो । उनको नजिक पुग्ने होडबाजिमा सभागृहको बाँया साइटमा थुप्रै मानिसहरु लडे । जसबाट एकजना महिलाको टाउकोमा चोट नै लाग्यो । उनलाई एक साइटमा लगेर स्वयम्सेवकले उपचार गरे । अन्य कतिको त्यहाँबाट लडेर हाल खुट्टामा चोट पुग्यो होला भनेर कुरा गरिरहेका थिए । लामिछानेलाई गाडीसम्म चढाउन निकै कठिन भयो । उनलाई गाडिमा चढाएपछि प्रदर्शनीमार्गको सडक नै केहि समयको लागि बन्द भयो । सो कार्यक्रमका स्वयम्सेवकहरु पसिनै पसिनाले भिजेका थिए । उनी त्यहाँबाट बाहिएिपछि पनि उनका समर्थकहरुको त्यहाँ निकै समयसम्म 
    भिडभाड लागिरह्यो । 

    रवि लामिछानेले कमाएको यो आम नागरिकको साथ नेपाली राजनीतिमा होस् या अन्य क्षेत्रमा निकै कम मानिसले प्राप्त गर्दछन् । लामिछानेको यो लोकप्रियताको पछाडि उनले जनताका लागि अहोरात्र खटेर गरेका कामको परिणाम भएको उपस्थित समर्थकहरु बताइरहेका थिए । देशले र नेपाली जनताले परिवर्तन खोजेको हुनाले अब रवि लामिछानेले आम जनताको साथ बलियो रुपमा पाउने कुरा धेरैले गरिरहेका थिए । रवि लामिछानेले कमाएको यो लोकप्रियता र आम जनताको साथलाई कायम राख्न भने उनलाई कठिन हुने देखिन्छ । स्वयम् उनले पनि यो बाटो निकै कठिन भएको तर असम्भव नभएको बताएका थिए । उनी र उनको पार्टी अब  कसरी उदाउँछ भन्ने कुरा भने आउँदै गरेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले केहि हदसम्म देखाउने छ ।


    पदम भुजेल
    लेखकबाट थप