• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशमा वर्षा जारी, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने

गण्डकी प्रदेशमा वर्षा जारी, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने


  • 6.1K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    गण्डकी प्रदेशमा वर्षा जारी, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने

    काठमाडौं,असार । अहिले बिहान गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images

    हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

    बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा
    लेखकबाट थप