‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि

‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि


  • 7.6K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    ‘राधा’को नयाँ पोस्टर सार्वजनिक, हराएका पतिको खोजीमा सृष्टि

    काठमाडौं,८ असार । सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘द सिक्रेट्स अफ राधा’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन् ।

    images

    सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ श्यामश्वेत प्रविधिमा निर्माण गरिएको छ । भदौ १० गते रिलिज हुने फिल्मका निर्माता अभिनेता समेत रहेका सौगात मल्ल हुन् ।

    फिल्मकै प्रचारप्रसारका लागि सौगातले तीन महिनाका लागि अभिनयबाट विश्राम समेत लिएका छन् । फिल्ममा सृष्टि र सौगातसहित खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्यदेव पन्त, पुष्कर गुरुङ, लोकेन्द्र लेखक लगायतले अभिनय गरेका छन् ।

    radhee.PNG


    तेस्रो आँखा
    लेखकबाट थप