• ट्रेण्डिङ्ग :
दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ - बाबुराम भट्टराई

दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ - बाबुराम भट्टराई


  • 5.0K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ - बाबुराम भट्टराई

    काठमाडौं,८ असार । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन् ।

    images

    गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उनको भनाइ छ । ‘हाम्रा दल/नेता सत्ता/ गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेखेका छन्, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?


    तेस्रो आँखा
    लेखकबाट थप