• ट्रेण्डिङ्ग :
अनसनरत तिलक कोइराला भेट्न बालेन शाह खुमलटार पुगे

अनसनरत तिलक कोइराला भेट्न बालेन शाह खुमलटार पुगे


  • 6.9K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    अनसनरत तिलक कोइराला भेट्न बालेन शाह  खुमलटार पुगे

    काठमाडौं,८ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनसनरत तिलक कोइराला भेट्न खुमलटार पुगेका छन् ।

    images

    गत असार १ गतेदेखि धितोपत्र बजार (सेयर बजार) को स्थायित्व र सुधारको माग राख्दै धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइराला भेट्न बुधबार मेयर शाह पुगेका हुन् । पछिल्लो समय अनपेक्षित रुपमा सेयर बजारमा ठूलो गिरावट आएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

    पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र जारी गर्दै आन्दोलनमा होमिएका लगानीकर्ताहरु मध्यका एक कोइराला विगत ८ दिनदेखि आमरण अनसनमा छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप