• ट्रेण्डिङ्ग :
न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषद्को आकस्मीक बैठक

न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषद्को आकस्मीक बैठक


  • 7.7K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    न्यायाधीश र वकिलबीच लेनदेनको अडियो सार्वजनिक भएपछि कानून व्यवसायी परिषद्को आकस्मीक  बैठक

    काठमाडाैं,८ असार । नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेल जोडिएको अडियो सार्वजनिक भएपछि नेपाल कानून व्यवसायी परिषदले आकस्मिक बैठक डाकेको छ ।

    images

    कानून व्यवसायीहरुको नियमन गर्ने निकाय बार काउन्सिलले पोखरेलवारे आवश्यक निर्णय गर्न बैठक डाकेको हो । काउन्सिलका एक सदस्यले भने, ‘उहाँमाथि छानविन समिती गठन गर्ने सम्भावना छ ।’ महान्यायाधीवक्ताको नेतृत्वमा गठन हुने बार काउन्सिलमा नेपाल बार एसोसिएसनका अध्यक्ष पदेन उपाध्यक्ष हुन्छन् ।

    काउन्सिलमा सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको कानून संकायका डिन पदेन सदस्य हुन्छन् भने अरु पार्षद चुनिन्छन् । काउन्सिलले आचारसंहिता विपरित काम गरेको भेटेमा कानून व्यवसायीको इजाजतपत्र रद्द समेत गर्नसक्छ ।


    तेस्रो आँखा
    लेखकबाट थप