• ट्रेण्डिङ्ग :
अडियो प्रकरणमा जोडिएका न्यायाधीश कोइरालालाई कार्यसम्पदानमा रोक

अडियो प्रकरणमा जोडिएका न्यायाधीश कोइरालालाई कार्यसम्पदानमा रोक


  • 5.4K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    अडियो प्रकरणमा जोडिएका न्यायाधीश कोइरालालाई कार्यसम्पदानमा रोक

    काठमाडौं, ८ असार । न्यायपरिषद्‍को बैठकले घूस लेनदेनको अडियो प्रकरणमा जोडिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाइएको छ ।

    images

    न्यायपरिषद्‍को बुधबार बसेको बैठकले उनीमाथि छानबिन प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि कार्यसम्पादन गर्न नपाउने निर्णय गरेको हो । कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि न्यायपरिषद्‍को बैठक बुधबार बसेको थियो । बैठकले उक्त प्रकरण छानबिनका लागि परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएपछि बुधबार परिषद्‍को बैठक बसेको हो ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप