• ट्रेण्डिङ्ग :
कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत


  • 5.9K
    SHARES
    • आषाढ ८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

    काठमाडौं, ८ असार । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए ।

    images

    आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि सदस्यले छलफलमा भाग लिने क्रम सकिएको छ ।

    आगामी बैठकमा छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम हुनेछ छ । सभाको अर्को बैठक यही असार ९ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप