• ट्रेण्डिङ्ग :
गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई उन्मुक्ति

गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई उन्मुक्ति


  • 7.4K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई उन्मुक्ति

    काठमाडौं, ९ असार । मोरङको ग्रामथान गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई ‘माफी माग्न लगाएर’ उन्मुक्ति दिइएको छ। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाको आन्तरिक राजनीतिक भागबण्डाको विरोध गर्दै मंगलबार साँझ पालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका थिए।

    images

    नेपाली कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेपछि गाउँपालिकाको बैठक बसेको थियो। बैठकले उनलाई ‘माफी माग्न लगाउने र क्षतिग्रस्त गाडी मर्मत गर्न लगाउने’ निर्णय गरेको थियो।

    ‘प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी मर्मत गर्न लगाउने र माफी माग्ने भनेर मिलापत्र भएको छ’, अध्यक्ष गच्छदारले भने ‘अब पनि यस्तै घटना भए कानूनअनुसार कारवाही गर्ने कुरा भएको छ।’ प्रहरीले उजुरी नआएको भन्दै घटनामा वेवास्ता गरेको थियो।


    तेस्रो आँखा
    लेखकबाट थप