• ट्रेण्डिङ्ग :
नेकपा (विप्लव) का ओमप्रकाश पुनसहित चार नेताद्वारा सामूहिक राजीनामा

नेकपा (विप्लव) का ओमप्रकाश पुनसहित चार नेताद्वारा सामूहिक राजीनामा


  • 5.1K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    नेकपा (विप्लव) का ओमप्रकाश पुनसहित चार नेताद्वारा सामूहिक राजीनामा

    काठमाडौं, ९ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता ओमप्रकाश पुनसहित चार नेताले सामूहिक राजीनामा दिएका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियारले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा घोषणा गरेका हुन् ।

    images

    प्रशिक्षणको क्रममा महासचिव विप्लव सुदूरपश्चिम प्रदेश पुगेकै बेला उनीहरू पार्टीबाट अलग्गिएका छन् । धनगढीमा हुने सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षणको लागि विप्लव अछाम हुँदै कैलाली पुगेका छन् ।

    बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको राजीनामा दिएका नेताको संयुक्त वक्तव्यमा उल्लेख छ ।

    rajinama.jpg

     

     


    तेस्रो आँखा
    लेखकबाट थप