नगरसभा सम्पन्न भएको खुसीयालीमा बाह्रबिसे नगरपालिकाले सार्वजनिक बिदा दियाे

नगरसभा सम्पन्न भएको खुसीयालीमा बाह्रबिसे नगरपालिकाले सार्वजनिक बिदा दियाे


  • 7.6K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नगरसभा सम्पन्न भएको खुसीयालीमा बाह्रबिसे नगरपालिकाले  सार्वजनिक बिदा दियाे

    काठमाडौं, ९ असार । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । आज बसेको ११ औं नगरससभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।

    images

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९/०३/१० गते शुक्रबारको दिन नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’

    घङ.jpg

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह

  • तेस्रो आँखा
    लेखकबाट थप