• ट्रेण्डिङ्ग :
प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ- प्रधानमन्त्री देउवा

प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ- प्रधानमन्त्री देउवा


  • 5.2K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिका उन्नयनमा अझै धेरै काम गर्नुपर्छ- प्रधानमन्त्री देउवा

    काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले साढे छ दशकमा नेपाली भाषा, साहित्य, संस्कृतिलाई स्वदेश एवं विदेशमा फिँजाउन अग्रणी भूमिका खेलेको बताएका छन् ।

    images

    प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सव शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रका क्षेत्रलाई क्रियाशील रुपमा अघि बढाउन अझै महत्वपूर्ण काम गर्नुपर्ने भनाइ राखे ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण सम्पन्न हुन लागेको र एक लाख ५० शब्द रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोश तयार भएको प्रधानमन्त्री देउवाले जानकारी गराए । रचनात्मक क्रियाकलाप गर्न प्रतिष्ठानलाई आवश्यक बजेट मन्त्रिपरिषद्मा सल्लाह गरेर उपलब्ध गराउने उनले जानकारी दिए । 

     


    तेस्रो आँखा
    लेखकबाट थप