• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादी सचिवालयको निर्णय : मन्त्री हेरफेरमा जाेड

एकीकृत समाजवादी सचिवालयको निर्णय : मन्त्री हेरफेरमा जाेड


  • 5.8K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    एकीकृत समाजवादी सचिवालयको निर्णय :   मन्त्री हेरफेरमा जाेड

    काठमाडाैं,९ असार । एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’

    images

    पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले एकीकृत समाजवादीमा मन्त्री हेरफेर हुन लागेको उनको भनाइ छ। एकीकृत समाजवादीका मन्त्रीहरूले बिहीवार बिहान अध्यक्ष माधव कुमार नेपाललाई भेटेका थिए। अध्यक्षसँग मन्त्रीले भेट्दैमा निर्णय कार्यान्वयनबाट पार्टी पछि नहट्ने खतिवडाको भनाइ छ। ‘को व्यक्तिले कहाँ कससँग भेट्यो भन्नेले अर्थ राख्दैन,’ उनले भने।

    जेठ २२ गते एकीकृत समाजवादीका मन्त्रीहरूलाई फिर्ता बोलाउने उक्त पार्टीले निर्णय गरेको थियो। तर, दुई हप्ता भन्दा बढी समयसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन। एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सरकारमा सहभागी छन्।

    चारै जना मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो। स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने एकीकृत समाजवादीले स्वाथ्य मन्त्री बनाउने निर्णय गरेको छ।  प्रतिनिधि सभामा बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा कार्यान्वयन गर्नबाट पछि हटेका थिए । उनका अनुसार भोलि शुक्रबार पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप