• ट्रेण्डिङ्ग :
न्यायाधीश र अधिवक्ताबीचको अडियाे काण्डले सदनमा प्रवेश पायाे

न्यायाधीश र अधिवक्ताबीचको अडियाे काण्डले सदनमा प्रवेश पायाे


  • 5.9K
    SHARES
    • आषाढ ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    न्यायाधीश र अधिवक्ताबीचको अडियाे काण्डले सदनमा प्रवेश पायाे

    काठमाडौं, ९ असार । न्यायाधीश र अधिवक्ताबीचको घुस डिलको अडियाे काण्डको विषयले सदनमा समेत प्रवेश पाएको छ ।

    images

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद भएको बताइन् ।

    उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको भन्दै सांसद सिटौलाले राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाइन् । आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमुक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराइन् ।

    यस्ता गम्भीर विषयमा सबै सांसदहरू, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभइ सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो । सांसद गजेन्द्रबहादुर महतले न्यायालय भ्रष्टाचारको अखडा बनिरहेको टिप्पणी गर्दै यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न नहुने बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप