• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगले पार्टीको नामलाई अनुमति नदिए विकल्प खाेज्छाैँ : रवि लामिछाने

निर्वाचन आयोगले पार्टीको नामलाई अनुमति नदिए विकल्प खाेज्छाैँ : रवि लामिछाने


  • 6.7K
    SHARES
    • आषाढ १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    निर्वाचन आयोगले पार्टीको नामलाई अनुमति नदिए विकल्प खाेज्छाैँ : रवि लामिछाने

    काठमाडौं, १० असार । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले पार्टीको नामका विषयमा निर्वाचन आयोगल अनुमति नदिएको खण्डमा  विकल्प खोज्ने संकेत गरेका छन् । आज आयोजित पार्टीको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगले अनुमति नदिएको खण्डमा आफूहरूले विकल्प खोज्न बाध्य हुने बताएका हुन् ।

    images

    उनले स्वतन्त्र उम्मेदवारहरूको विरुद्धमा आफ्नो पार्टी नउत्रिएको पनि बताए । रविले भने, ‘हामीले स्वतन्त्र रूपमा उठ्नुभएका वा उठ्न चाहेकाहरुलार्ई पनि समेट्ने सोच राखेर पार्टी गठन गरेका हौँ । स्वतन्त्रका विरुद्ध हामी छैनौँ ।’

    उनले योग्य स्वतन्त्र उम्मेदवार उठेको क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार नउठाउने विषयमा सोच्न सक्ने बताए । साथै, आफ्नो पार्टीको चुनाव चिन्हबाट स्वतन्त्र उठ्न चाहेमा त्यो सुविधा पनि दिइने उल्लेख गरे । लामिछानेले स्वतन्त्र नाम अनुचित नरहेको भन्दै अन्य देशका उदाहरण पनि दिएका थिए । विभिन्न देशमा ‘इन्डिपेन्डेन्ट’ नाम जोडेर पार्टी गठन गरिएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय स्वतन्त्र पार्टी

  • तेस्रो आँखा
    लेखकबाट थप