• ट्रेण्डिङ्ग :
नेपाली  कांग्रेसका दुइ भातृ संस्थाकाे नयाँ नेतृत्व चयन

नेपाली  कांग्रेसका दुइ भातृ संस्थाकाे नयाँ नेतृत्व चयन


  • 5.8K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    नेपाली  कांग्रेसका दुइ भातृ संस्थाकाे नयाँ नेतृत्व चयन

    काठमाडाैं,११ असार । नेपाली कांग्रेसका दुइ भातृसंगठनले नयाँ नेतृत्व पाएका छन् ।  लामो समयदेखि नेतृत्व बिहिन रहेका किसान संघ र आदिवासी जनजाति संघले नेतृत्व पाएका हुन् । सभापति शेरबहादुर देउवाले 
    म्याद समाप्त भई स्वतः विघटन भएका पार्टी आवद्ध भ्रातृ संघ— नेपाल किसान संघको अध्यक्ष पदमा गणेश तिमिल्सीना र नेपाल आदिवासी जनजाति संघको अध्यक्ष पदमा ओमबहादुर (थापा) घर्ती मगरलाई नियुक्त गरेका हुन् ।

    images

     शुक्रबार सभापति देउवाले उक्त भातृ संगठनलाई नेतृत्व प्रदान गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेदलले जानकारी दिए ।  नेपाली कांग्रेस केन्द्रीय केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च)  बमोजिम भातृ संगठनको सभापतिमा नियुक्त दिएको पौडेलले बताए । 

    यसैबीच शुक्रबार नै  नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) बमोजिम सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिका उपसभापति श्री पूर्णबहादुर खड्कालाई विधानको धारा ३६ र नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने “नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान” को प्रमुखमा मनोनयन गरेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप