• ट्रेण्डिङ्ग :
हामीलाई धोका दिने दश भाइ केपी ओलीका दास भएर बसेका छन् - माधव नेपाल  

हामीलाई धोका दिने दश भाइ केपी ओलीका दास भएर बसेका छन् - माधव नेपाल  


  • 4.9K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    हामीलाई धोका दिने दश भाइ केपी ओलीका दास भएर बसेका छन् - माधव नेपाल  

    काठमाडाैं,११ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका १० जना कार्यकर्ताहरु केपी ओलीको दास बनेर बसेको बताएका छन् । उनले एमालेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत पार्टी फुटाउँदा आफ्नाेपक्षामा हस्ताक्षर गरेका १०  नेताहरूप्रति लक्षित गर्दै तीब्र आक्रोश पोखेका हुन् ।

    images

    नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गरे । अध्यक्ष नेपालले भने– ‘नेकपा एमालेबाट विद्रोह गर्नु जायज थियो,  हामीले नगरेको भए कि दास भएर बस्नुपथ्र्यो कि राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिले म कथित १० भाइका कुरा सुन्दैछु, उनीहरुको दिमागबाट नशा उत्रेको छैन ।’  तथानाम लेखिरहेका छन्, म हेरिरहेको छु ।

    उनीहरु त्यहाँ दास भएर बसेका छन्, पदीय गरिमका सम्मान पाएका छैनन् तर पनि दास भएर बसेका छन् । म चेतावनी दिन्छु हामीलाई धारेहात लगाउँने दुस्साहस नगरुन् । दिमागबाट नसा उत्रेछेको छैन ? तथााम लेखिरहेका छन्,दास भएर बसेका छन् ।’  पछिल्लोपटक नेकपा एसमा उत्पन्न संकटका सन्दर्भमा योगेश भट्टराई लगायत १० बुँदे पक्षधर नेताहरुले माधव नेपालले पश्चापात गर्नुपर्ने टिप्पणी गरेकोमा उनी आक्रोशित भएका हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप