• ट्रेण्डिङ्ग :
मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका १० मध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिए

मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका १० मध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिए


  • 7.2K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एसका १० मध्ये ६ जना सांसदले हस्ताक्षर फिर्ता लिए

    काठमाडौं, ११ असार । मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

    पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप