पर्यटकीय सम्भावनाका दुइ काेशेढुंगा देम्बा  र पोकली 

पर्यटकीय सम्भावनाका दुइ काेशेढुंगा देम्बा  र पोकली 


  • 15.1K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 23.2K Views

    पर्यटकीय सम्भावनाका दुइ काेशेढुंगा  देम्बा  र पोकली 

    काठमाडाैं,११ असार । नेपालमा पर्यटकीय दृष्टिकोणले अपार सम्भावना बोकेका विभिन्न क्षेत्रहरु छन् । हिमाल पहाड र तराई गरी तीन खण्डमा विभाजित नेपालमा सयौं पर्यटकीय स्थलहरु भएपनि त्यसको उचित प्रचार प्रसार, प्रवर्द्दन, संरक्षण, व्यवस्थापन र विकास विस्तार हुन सकेका छैनन् । तिनै पर्यटकीय स्थलहरु मध्य पुर्वी नेपालको ओखलढुगा जिल्लास्थित खिजीदेम्बा गाउँपालिकामा रहेको देम्बाडाँडा र लिखु गाउँपालिकाको पोकलीस्थित पोकली भरना पनि हुँन् ।

    images

    जिम्मेवार निकायबाटै पर्याप्त प्रचार प्रशार र पर्यटन भित्र्याउन सक्ने योजनाहरु बनाउन नसक्दा सम्भावित यी स्थानहरु ओझेलमा परेका छन् । पर्यटन वर्ष २०२०  मै नेपाल सरकारले राखेको १०० गन्तब्यको सुचिमा ओखलढुगाका यी २ वटा पर्यटकीय स्थल पनि परेका थिए । जिल्ला कै सबै भन्दा अग्लो स्थान ३ हजार ३ सय ५० मिटरको उचाइमा देम्वा डाँडा रहेको छ । त्यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने देश कैै दोश्रोे पोकली झरना (१३१ मिटर) अग्लो रहेको छ । यी दुबै स्थललाई पर्यटकीय गन्तव्यको रुपमा विकास विस्तार गर्नसके राज्यका निकायले निकै फाइदा लिने निश्चित छ ।     

    छुटाउनै नहुँने देम्बा डाँडा ?

    ओखलढुंगाको पश्चिम क्षेत्रमा रहेको खिजीदेम्बा पर्यटन बिकासको अधिक संभावना बोकेको गाँउपालिका हो । नेपालको नक्सा बनाउँदा प्रयोग गरिएका सातवटा डाँडामध्ये एक हो देम्बा डाँडा । खिजीदेम्बा गाउँपालिका वडा नम्बर ४, ६, ७, ८ र ९ (साविकको खिजिफलाटे, खिजीकाती, पात्ले, रावादोलु र भुसिंगा गाविस) ले छोएको यस डाँडाबाट सगरमाथा, गौरीशंकरलगायतका हिमाली दृश्यहरू निकै आकर्षक देखिन्छ । देम्बा डाडा पर्यटकिय हिसाबले निक्कै आर्कषक ठाउ रहेको भए पनि उचित ब्यावस्थापन र प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ ।

    20180317_110005.jpg

    समुद्री सतह देखि ३ हजार ३ सय ५० मिटरको उचाईमा रहेको देम्बा डाडाबाट बिश्वको सर्बाेच्च शिखर सगरमाथा, गौरापर्वत, गौरिसंकर, नुम्बुर लगाएतका हिमालहरु प्रस्ट रुपमा देख्न सकिन्छ । यो भेगमा संसारमा लोप हुने अबस्थामा रहेको काडे भ्याकुर लगाएत डाँफे, मुनाल, कालिज जस्ता पंक्षिहरु र मृग, घोरल, बाघ, भालु हाब्रे जस्ता जनवारहरु प्रस्सत मात्रामा पाईन्छ । मनोरम स्थलको रुपमा रहेको देम्बा डाँडा बसन्त ऋतुमा बिरुवाहरुमा फेरिएको पालुवा संगै रातो सेतो रंङगमा ढकमक्क फुलेका गुँराशले ढाकिएर बेहुलि झै सिंगारिएको हुन्छ । 

    यो डाँडा वरिपरि बिभिन्न थारिका फुलहरु फुलेर याँहाको सौन्दर्यतामा सुनमा सुगन्ध थपे जस्तै गरि थपि रहेका हुन्छन । पुर्बधार निर्माण, ब्याबस्थापन र प्रचार प्रसारमा ध्यान दिने हो भने साईकल रेस र हाईकिङ गर्न नेपाल आउने प्रर्यटकहरु देम्बा डाँडामा प्रसस्तै मात्रामा भित्र्याउन सकिन्छ । बिश्वको सर्बाेच्च शिखर सगरमाथा लगाएत अन्य हिमालहरु एकै ठाउ बाट हेर्न चाहाने मध्याम खालका पर्यटकहरुका लागी देम्बा डाडा उत्कृष्ट गन्तब्य स्थल हुन सक्छ । हिँउद याममा हिउ परि रहने भएकोले हिउ हेर्न र खेल्न चाहाने तल्लो भेगका आन्तरीक पर्यटकहरुका लागी झन उपयुत्त स्थानका रुपमा देम्बा डाँडालाई लिन सकिन्छ ।

    पुस माघ महिनामा चाँदीले छोपिए झै गरि हिउले पुरिएको हुन्छ डाँडा निक्कै अग्लो स्थान भएकोले यअहाँबाट बिहान सुर्योदय र बेलुका सुर्यास्तको रोमाञ्चक दृष्य समेत देखिन्छ । पर्यटन बिकासकालागी खिजीदेम्बा गाँउपालिकाले संघिय सरकार र अन्य सरोकार वालाहरुको सहयोगमा देम्बा डाडामा भौतिक पुर्बधारहरुको केही संरचानाहरु निर्माण गरेको छ । देम्वामा खानेपानीको लागी १२ सय मिटर तलबाट लिफ्टिङ गरि पानी पु¥याएको छ । संघिय सरकार अन्तर्गत पर्यटन मन्त्रालय बाट रु ५० लाख अनुदान सहयोगमा भञ्ज्याङ देखि देम्बा डाँडा सम्म ट्रायल बाटो ,पर्यटकहरुका लागी आराम गर्ने प्रतिक्षालय र बिभिन्न तिन ठाँउमा शौचालय निर्माण गरिएको छ ।

    Thole-Demba-Pikey.jpg

    देम्बा डाँडामा पर्यटन बिकासको लागी डि पी आर तयार पारी बाकी रहेका आबश्याक भौतिक पुर्बधार हरु निर्माण गर्ने योजना बनाइएको गाउँपालिकाका पूर्व अध्यक्ष बेदबहादुर रोका बताउँछन् । उक्त योजनालाई नयाँ जनप्रतिनिधिहरुले निरन्तरता दिएर देम्बा डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनले बताए । वडा नं. ५ का वडा अध्यक्ष राम कुमार सुनुवारका अनुसार आन्तरिक तथा बाहृय पर्यटक प्रवर्धनलाई मध्यनजरमा राखेर ३६ जना स्थानीयहरुलाई पारिवारीक घरको बास ( होम स्टे) को तालिम दिईएको छ ।

    तालिममा सहभागीहरु लाई अतिथी सत्कार गर्ने तरिका र स्थानिय खाना बनाउने तरिका सिकाएको उनको भनाई छ । अहिले देम्बा डाँडामा विद्युत विस्तार र खानेपानी योजनालाई प्राथमिकता दिएर भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । यस ठाउँमा केही होटहरु समेत खुलिसकेकाले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई खान बस्नका समस्या नहुँने स्थानीय होटल व्यवसायि आङदावा शेर्पा बताउँछन् ।   

    पर्यटनका लागी प्रचुर सम्भावना रहेको खिजीदेम्बाको देम्वाडाँडा पुग्नका लागि भरखर निर्माण ससम्पन्न भएको खिजीचण्डश्वरी हवाई मैदानबाट केही घण्टाको पैदल गात्रा गरे पछि पुग्न सकिन्छ । त्यस्त गरी रामेछापको मन्थली हुदै पोकली झरनाको अवलोकन गर्दै खिजीदेम्वागाउँपालिकाको खिजी फलाटे सम्मको सडक यात्रा पछि पनि देम्वा डाँडा पुग्न सकिन्छ । सदरमुकाम ओखलढुंगा देखी ६ घण्टाको यात्रापछि देम्वाडाँडा पुग्ने अर्को बैकल्पिकमार्ग रहेको छ । देम्बा डाँडाभन्दा केही तलसम्म सडक यातायातको पहुच विस्तार भैसकेको हुँदा माघ महिनादेखि जेठ महिना सम्मको यात्रा यो भुगोलका लागि अत्यान्त उपयोगि मानिन्छ । 

    पोकली झरनाकाे महिमा 

    पोकली झरना नेपालको दोस्रो अग्लो झरना हो । लिखु गाउँपालिका–१ (साविक पोकली गाविस) स्थित लिखुखोलाको उत्तरपूर्वबाट झर्ने यो झरना करिब १ सय ३१ मिटर अग्लो छ ।  नजिकै घना जंगलले ढाकेको गौरी वन छ । यही झरनाकै नामबाट पोकली गाविसको नामाकरण गरिएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । खोलाको चट्टाने भागमा बजारिँदै झरेको पानीको बेग आनन्द दिने खालको छ । चट्टानमा पानी ठोक्किएर आकाशबाट पानी दर्किंदा समय–समयमा इन्द्रेणीसमेत लाग्ने गर्दछ । झरनाको नजिकै पर्ने शिव मन्दिरले पोकली क्षेत्रलाई धार्मिक स्थलका रूपमा समेत चिनाएको छ ।

    905x525-लिखु_गाउँपालिका_स्थित_पोकली_झरना.jpg

    ओखलढुंगाको सदरमुकामदेखि करिव १५ कोष पश्चिममा पर्ने पोकली झरना पुग्न डेढ दिन पैदल यात्रा गरेर पुग्ने गर्थे भने अहिले सडकमार्गबाट यातायातमा जान जिल्ला सदरमुकाम ओखलढुंगाबाट करिव ७ घण्टा लाग्छ । तर, राजधानी काठमाडौंदेखि सोझै पोकली झरना पुग्न भने करिब दुई सय किलोमिटरको दूरी पार गरे पछि पुगिन्छ । काठमाडौंबाट काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुली, रामेछाप जिल्ला हुँदै पोकली झरना पुग्ने पुरानो बाटो हो भने हाल सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हदै पोकली झरान पुग्न सकिन्छ । अहिले पोकली झरना पुग्नका लागि पैदल यात्रा गर्नु पर्दैन । 

    अग्लो पहराबाट झरेको पानीको छाँगो, पानीको वेगसँगै उड्ने धुवाझै बाछिटाहरू, अनि त्यसमा परेको सप्तरंगी इन्द्रेणी । यस्तो दृश्यले त्यहाँ पुग्ने सबैलाई रोमाञ्चित र चटाने भागमा बजारिँदै झरेको पानीको बेगले आनन्द दिलाउँछ । झरना नजिक रहेका धार्मीक,सामाजिक,सांस्कृतिक तथा अन्य प्रकृतिक सम्पदाहरु उचित ढंगले पहिचान गरी परिचालन गर्न सके स्थानीयले राम्रो फाइदा लिन सक्छन ।  नेपाललाइ प्रकृतिले दिएको बरदान मध्य पोकली झरनालाई एक उत्कृष्ट स्थलको रुपमा लिन सकिन्छ ।

    २०६५ सालको पोकली झरना महोत्सव गरिएको समयमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),तत्कालीन पर्यटन तथा नागरिक उड्यान मन्त्री हिसिला यामी लगाएतका एक दर्जन भन्दा बढी मन्त्री तथा सभाषदहरु हेलिकोप्टर मार्फत आएका थिए । त्यसवेला राज्यका सवै संयान्त्र लगाएर भएपनि पर्यटकीय क्षेत्र घोषणा गर्ने उनीहरुले प्रतिवद्धता जनाएर फर्किएदेखि अहिलेसम्म राज्यका निकायहरुले खासै चासो दिएको पाइदैन् ।  

    झरनाको फेदीसम्म पुग्नका लागि खुड्कीलाहरु निमार्ण गरीएको छ भने पाहुनालाइ आराम गर्नका निम्ती झरना नजिकै प्रतिक्षालयको व्यवस्था समेत छ । यस क्षेत्रमा रिसोर्ट तथा कुनै होटल, लजहरु नभएकाले रिसोर्ट र स्वीमिङ्ग पुलको राम्रो सम्भावना रहेको स्थानीय खड्ख सिंह सुनुवार बतउाँछन् । त्यस्तै लुकेर रहेका यस क्षेत्रका ऐतिहासिक गुम्बाहरुलाइ बाहिर निकाल्न सकिने सुनुवारको भनाइ छ । झरना माथि रहेको चिलिमे डाँडा बाट पूर्वाञ्चलको ठुलो भूभाग दृष्यावलोकन गर्न सकिन्छ । गौरीवनको माझबाट सेलेले हुदै मल्खुको कुइनेटोबाट तारे पहरो छिचोल्दै तल खसेको यो झरना रामेछाप जिल्लाका विभिन्न ठाउँहरुबाट छर्लङ्ग अवलोकन गर्न सकिन्छ ।

    माथितिर दुइवटा छाङ्गा भएर बगेको यो झरना तल पुगेर फेरी एउटैमा मिसिएर सोलोढोलोभइ बगेको छ । छाङ्गाको  फेदीवाट हेर्ने हो भने झरनाको प्रकृतिक रौनकता, महत्व र महिमा छुट्टै प्रकारको पाइने स्थानीयहरु बताउँछन ।  झरनाकै नामबाट परिचित लेती,वाच्पु, मल्खु, बोल्गदी, पुर्वुजे, पोखरीडाडाँ आदी नामका स–साना गाउँबस्तीहरु उत्तिकै रमणीय देखिन्छन् । पोकली झरनाबाट बगेको पानीले  गाउँका बेँसी तथा पाखा खेतमा सिँचाइ गरी कृषि पेशाबाट स्थानीयले मनग्य आम्दानी लिने गरेका छन् । यही पानीबाट स्थानीयले विजुली निकाले गाउँलाइ झिलिमिली बनाएका छन् ।

    pokali-jharana.webp

    नजिकै रहेको लिखु नदीको जलयात्रा, झरना भन्दा दुइ सय मिटर तल पहरा भित्रबाट रहस्यामय ढंगले निस्केको हाँडी दहको दृष्यावलोकन गर्न सकिन्छ । पहरा भित्रबाट हाँडी आकारमा अत्यान्त गहिरो भएर निस्केकाले यसलाइ हाँडीदहको चिनारी दिएको पाइन्छ ।  वर्षायामभरी रहने यो दह चुरे पहराभित्र बाट अनौठो प्रकारले स्वनिर्मीत भएकाले यसको गहीराइ कति छ भन्ने अझै एक्कीन हुन सकेको छैन । ठुलो ओढारमा अवस्थित यस दह भित्र वनझाँक्री सुत्छन भन्ने किम्बदन्ती पाइन्छ ।

    पोकली झरना नजिकै रहेको यो दह भन्दा ५०० मिटर तल दुग्धेश्वर महादेवको मन्दिर छ । यस ठाउँमा सयौँ वर्ष अगाडि गाइ हराएको र स्थानीयले नजिकै रहेको महाँदेवको प्रतिमुर्तीमा नियमित दुध चढाइरहेपछि गाई भेटीएकोले यी महादेवको नाम दुग्धेश्वर महादेव नामाकरण गरीएको किम्बदन्ती छ ।  त्यस्तै यस क्षेत्रका प्रचलीत धार्मीक स्थलहरुमा दुग्धेश्वर महाँदेव, हलेसी  महाँदेव, चुलीदेवी, सेतीदेवी लगाएतका देवी देवताहरु पर्दछन् । झरनाको २ किलोमिटर पश्चिममा लिखु नदी नागबेलीको आकृति बनाउदै बगेको छ । स्थानीय तामाङ तथा सुनुवार जातिको संस्कृति यहाँका थप आकर्षक हुन । 
     


    जीवन शर्मा
    लेखकबाट थप