पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको छ - लोहनी

पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको छ - लोहनी


  • 6.0K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको छ - लोहनी
     
    काठमाडौं, १९ मंसिर । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् ।

    नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लाेहनीले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् । 

    images

    अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने, ‘उहाँले लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    आफूले वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

    राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उनको विश्वास छ । 

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # डा प्रकाशचन्द्र लोहनी

  • तेस्रो आँखा