काठमाडाैं,१२ असार । नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए।
मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनले बताए ।
पार्टीको निर्णय कार्यन्वायन गराउन सत्तासहयात्री दल कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले खेल्न खोजेको बताए । प्रधानमन्त्रीले नेकपा एस पार्टीको निर्णय कार्न्वयन नगरेर अपमान गरेको भन्दै खतिवडाले असन्तुष्टि पोखे । समाजवादीले पठाएको मन्त्रीलाई आजै प्रधानमन्त्रीले सफत गराउनु पर्ने उनको भनाइ छ ।
मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए।
