• ट्रेण्डिङ्ग :
टिकापुर घटना अपराधिक नभई राजनैतिक आन्दोलन हो - अध्यक्ष रन्जिता श्रेष्ठ 

टिकापुर घटना अपराधिक नभई राजनैतिक आन्दोलन हो - अध्यक्ष रन्जिता श्रेष्ठ 


  • 6.4K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    टिकापुर घटना अपराधिक नभई राजनैतिक आन्दोलन हो - अध्यक्ष रन्जिता श्रेष्ठ 

    काठमाडौं, १२ असार । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रन्जिता श्रेष्ठले २०७२ सालको टिकापुर हत्या काण्ड घटना अपराधीक नभई राजनैतिक 
    घटना भएको बताएकी छिन् ।  आइतबार रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

    images

    ‘२०७२ सालको टिकापुर हत्या काण्ड अपराधीक होइन राजनैतिक घटना हो’, उनले भनिन्, ‘राज्यले निर्दोष रेशम चौधरी लगायत अन्य व्यक्तित्व माथी गरेको व्यवहार सम्पुर्ण थारुहरुको अपमान हो ।’ राजनीतिक आन्दोलनलाई अपराधिकरण गरिएको उनको भनाइ छ। 

    नागरिक उन्मुक्ति पार्टीले सबै थारुलाई एकै ठाउमा ल्याउन मद्धत गरेको उनको भनाइ छ । निर्दोष व्यक्तिलाई राज्यले विभेद गरेर अहिले जेलमा थुनेको भन्दै उनले रेशम चौधरी लगायत अन्य व्यक्ती माथीको झुटो मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाई गर्न समेत माग गरेकी छिन। 


    तेस्रो आँखा
    लेखकबाट थप