• ट्रेण्डिङ्ग :
स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ: अध्यक्ष नेपाल

स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ: अध्यक्ष नेपाल


  • 5.9K
    SHARES
    • आषाढ १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    स्थानीय निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको छ: अध्यक्ष नेपाल

    काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले राम्रो परिणाम दिएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ समाजवादीको तेस्रो पूर्ण बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, “निर्वाचनमा गठबन्धन आवश्यक थियो, त्यसले राम्रो परिणाम दिएको छ, कहीँकतै समस्या भए होलान्, त्यसलाई आगामी दिनमा व्यवस्थापन गरेर जानुपर्छ, पार्टी सही ढङ्गले चलेन भने के हुन्छ ।”

    images

    आफूहरूलाई कमजोर नठान्न आग्रह गर्दै उनले भने, “हामीले पार्टी विभाजनको छोटो समयमा धेरै काम गरेका छौँ, पार्टीलाई विधान र विधिमा चलाएका छौँ । सामूहिक छलफल र निर्णयका आधारमा पार्टी चलेको छ ।” अध्यक्ष नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) जस्ताको तेस्तै पास हुनबाट आफ्नो पार्टीले रोकेको दाबी गरे ।

    “केही पार्टी एमसिसी जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध गर्यौँ । माओवादी पनि विपक्षमा उभियो”, उहाँले भन्नुभयो, “हाम्रो अडानले ब्याख्यात्मक घोषणा गरेर पास गर्न सफल भयौँ ।” एकीकृत समाजवादी सधैँ जनता र राष्ट्रको पक्षमा उभिने उनको भनाइ थियो ।

    अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी जोगाउन र संविधानको रक्षा गर्न तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरेको बताए । उनले भने, “अब प्रतिस्पर्धाको मैदानमा तपाईं महिला अगाडि आउनुस्, तपाईंको क्षमता, सक्रियता र भूमिकाको आधारमा मूल्याङ्कन हुनेछ, त्यसमा तपाईंहरूले श्रेष्टता हासिल गर्नुपर्छ ।” अध्यक्ष नेपालले आफ्नो जिम्मेवारी पूरा गर्ने काममा महिला अगाडि बढेर त्यसैको आधारमा मूल्याङ्कन हुने बताए।

    समाजको वर्गीय दृष्टिलाई सही ढङ्गले बुझ्नु आवश्यक रहेको बताउँदै अध्यक्ष नेपालले समाजमा भएका महिला हिंसाका घटनाका विरोधमा अनेमसङ्घ सक्रिय हुनुपर्ने बताए । सो अवसरमा राष्ट्रियभामा निर्वाचित चार जना महिला सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी अध्यक्ष नेपालले सम्मान गरे ।

     

     


    तेस्रो आँखा
    लेखकबाट थप