सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन

सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन


  • 6.9K
    SHARES
    • मंसिर १९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सडकबाट भए पनि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गराउँछु : राजेन्द्र लिङ्देन
    काठमाडौं, १९ मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । 

    प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानुनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे । 

    images

    नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ । यसैको अन्त्यका लागि आफूले राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिए । 

    आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए । 

    राप्रपामा थापाले पुरयाएको योदान उच्च रहेको भन्दै उनले निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताए । 

    कुनै तुष भए त्यसलाई फ्यालेर देश र जनताको हितमा काम गर्न सबै मिलेर अघि बढनुपर्ने लिङ्देनको भनाइ छ । कार्यक्रममा कमल थापा नआएकोमा खल्लो महसुस गरेका लिङ्देनले भने, ‘आजको यस कार्यक्रममा कमल थापा आउनुभएको भए सुनमा सुगन्ध हुने थियो ।’ 

    अब राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उनको भनाइ छ । चुनौतीलाई अवसरको रूपमा लिएर राप्रपालाई देशको अग्रणी पार्टी बनाएर लैजाने बताउँदै उनले पार्टीको एजेण्डा स्थापित गराउन भूमिका निर्वाह गर्ने बताए । 

    सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाएका लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए ।

    राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको छ । 

    युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एक दिनमात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको जानकारी दिंदै उनले भने, ‘अब पार्टीमा कुनै गुट छैन । अब हामी हिजोको कुरा लिएर हिँड्दैन । सबै यही बिर्सिएर जान्छौँ । मविरुद्ध मतदान गरेका साथीले कुनै संकोच नमान्नुहोला । म सानो चित्त बोकेर राजनीतिमा आएको होइन । म पूर्वाग्रह राख्दिनँ ।’

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # राजेन्द्र लिङ्देन

  • तेस्रो आँखा