काठमाडाैं, १३ असार । शहरी विकासमन्त्री मेटमणि चौधरीले छोटो समयका लागि आएको भए पनि आफूले रफ्तारमा काम गर्ने बताएका छन् ।
आइतबार सपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका शहरी विकासमन्त्री चौधरीले छोटो समयका लागि आएको भए पनि आफूलेधेरै काम गर्नुपर्ने बर्ताका हुन् । उनले आफ्नो क्षमता, योग्यताअनुसार काम गर्ने बताए। उनले भने, ‘मेरो योग्यता, क्षमता अनुसार काम गर्छु । यो पदको दुरुपयोग गर्दिनँ ।’ उनले पदभार ग्रहण गर्दै प्रस्तावित शहरी ऐन २०७९ लाई सदर गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
