• ट्रेण्डिङ्ग :
मन्त्री जीवनराम श्रेष्ठद्वारा पदबहाली, आजै दुई वटा निर्णयमा हस्ताक्षर

मन्त्री जीवनराम श्रेष्ठद्वारा पदबहाली, आजै दुई वटा निर्णयमा हस्ताक्षर


  • 5.9K
    SHARES
    • आषाढ १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    मन्त्री जीवनराम श्रेष्ठद्वारा पदबहाली,  आजै दुई वटा निर्णयमा हस्ताक्षर

    काठमाडौं, १३ असार । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली गरेका छन् । पदबहालीको क्रममा उनले दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

    images

    स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे । स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ ।

    यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप