• ट्रेण्डिङ्ग :
एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार


  • 5.1K
    SHARES
    • आषाढ १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    एमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार

    काठमाडौं, १३ असार । नेकपा (एमाले)का सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

    images

    एमाले सांसद देवेन्द्र दाहालले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई संलग्न गराएको आरोप लगाए । उनले प्रश्न उठेपछि मार्गप्रशस्त गर्नुपर्नेमा अर्थमन्त्रीले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।

    त्यसलगत्तै एमाले सांसद बैठक बहिस्कार गरेर बाहिरिए । सभाध्यक्ष तिमिल्सिनाले बैठक बहिस्कार नगर्न पटकपटक आग्रह गरे पनि एमाले सांसदले त्यसलाई स्वीकार गरेनन् । एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिए । अर्थमन्त्रीको जवाफ सकिएपछि राष्ट्रियसभाको बैठक ३० मिनेटका लागि स्थगित भएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप