• ट्रेण्डिङ्ग :
कोटेश्वरमा दुर्घटनामा एक जनाको मृत्यु

कोटेश्वरमा दुर्घटनामा एक जनाको मृत्यु


  • 5.7K
    SHARES
    • आषाढ १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    कोटेश्वरमा दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडाैं,१३ असार । कोटेश्वरमा सोमबार साँझ डरलाग्दो सवारी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । 

    images

    दुर्घटनापछि हायसले दाया च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३(००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो । दुर्घटनामा हायसको अगाडिको भाग क्षतविक्षत भएको छ । हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देबकुमार सेनको मृत्यु भएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् चालक फरार छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप