• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलो पटक मन्त्रीपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलो पटक मन्त्रीपरिषद्को बैठक बस्दै


  • 4.8K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    मन्त्रिपरिषद् पुनर्गठन भएपछि  पहिलो पटक मन्त्रीपरिषद्को बैठक बस्दै

    काठमाडौं, १४ असार । मन्त्रिपरिषद पुनर्गठन भएपछि पहिलो पटक आज मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    images

    मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । 

    एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गरेका थिए । नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।

    सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप