• ट्रेण्डिङ्ग :
जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै


  • 5.9K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    जननेता भण्डारीको ७१ औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं, १४ असार । नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

    images

    जन्मजयन्ती मनाउन एमालेका जनसङ्गठनहरू र  मदन भण्डारी फाउण्डेशनले विभिन्न कार्यक्रम तय गरेका छन् । जयन्तीलाई साताव्यापीरूपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ ।

    फाउण्डेशनले आज मुख्य कार्यक्रमका रूपमा ‘जनताको बहुदीय जनवाद (जबज) : राष्ट्र निर्माणको आधार’ विषयमा विचारगोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा नेता भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # मदन भण्डारी

  • तेस्रो आँखा
    लेखकबाट थप