• ट्रेण्डिङ्ग :
सभामुख अग्निप्रसाद सापकोटा सहितकाे टिम अजरबैजान प्रस्थान

सभामुख अग्निप्रसाद सापकोटा सहितकाे टिम अजरबैजान प्रस्थान


  • 5.7K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सभामुख अग्निप्रसाद सापकोटा सहितकाे टिम अजरबैजान प्रस्थान

    काठमाडाैं,१४ असार । सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजान संसदको आयोजनामा १६–१८ असारसम्म हुने कार्यक्रममा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । 

    images

    उनका अनुसार टोलीमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाकासदस्य रामचन्द्र राई र सभामुख सापकोटाका  स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।  अजरबैजानमा हुने कार्यक्रममा  सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए । 

    सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ । सो टोली १९ असारमा स्वदेश फर्किनेछ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप