• ट्रेण्डिङ्ग :
बामदेव गौतमद्वारा नयाँ दलको घोषणा

बामदेव गौतमद्वारा नयाँ दलको घोषणा


  • 5.3K
    SHARES
    • आषाढ १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    बामदेव गौतमद्वारा नयाँ दलको घोषणा

    काठमाडौं, १४ असार । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

    images

    गौतमले नेकपा विभाजनपछि चलाएको एकता अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल बनाएका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा नामको दल घोषणा गरेका हुन् । 

    पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।

     


    तेस्रो आँखा
    लेखकबाट थप