बिमला वलीले राजीनामा दिइन्

  बिमला वलीले राजीनामा दिइन्


  • 6.7K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

      बिमला वलीले राजीनामा दिइन्

    लुम्बिनी,१५ असार ।  विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् । 

    images

    जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो ।

    बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पुष्टि गरे ।

    वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ । बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् । 

     


     

     

     

     


    तेस्रो आँखा
    लेखकबाट थप