बलात्कारको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ


  • 6.2K
    SHARES
    • आषाढ १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    बलात्कारको आरोपमा वडाध्यक्षससिहत दुई जना पक्राउ

    बैतडी, १५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।  

    images

    एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  

    पीडित महिलाको स्वास्थ्यपरीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् । 

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • तेस्रो आँखा
    लेखकबाट थप