• ट्रेण्डिङ्ग :
जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा

जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा


  • 6.6K
    SHARES
    • आषाढ १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा

    काठमाडौं, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताएका छन् । 

    images

    ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने  ‘२०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको थियो अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय हो। जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण रहेको छ ।’

    उनले मुलुकलाई समृद्ध बनाउने अभियानमा आफूहरु रहेको पनि बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । , ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो ।’ उनले भने । 

     


    तेस्रो आँखा
    लेखकबाट थप