काठमाडाैं।१६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । ६४ औं संसद दिवसका अवसरमा आयोजित कार्यक्रममै उनले पार्टी सञ्चालनका सन्दर्भमा ६ महिनामा केही काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘प्रधानमन्त्रीलाई समय कम हुन्छ, मलाई थाहा छ । सबै प्रधानमन्त्री हुन्छ,’ उनले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई समयको अभाव कति छ ? भन्ने कुरा कामकारबाहीबाट देखिन्छ । समय पुगेन मलाई भन्ने फेरि गर्नुपर्ने काम चाहीँ पेन्डिङमैं राखिरहने ।? उनले प्रश्न गरे ।
पार्टीभित्र ६ महिनामा गर्नुपर्ने काम नगरेको भन्दै वरिष्ठ नेता पौडेलले देउवाको कटाक्ष गरेका हुन् । आजै शेखर कोइरालदा समुहले देउवाको र्काशैलिका विषयमा प्रश्न उठाउँदै बैठक बामेलाएको छ ।
‘
समय पुगेन भन्या,छ, दगुरी राख्या छ, छिटोछिटो । काम चाहीँ आफूले गर्नुपरेका ६ महिनामा गर्नुपर्ने काम पनि जम्मै अलपत्र,’ उनले भने । समयबद्ध काम गरौं भनेर आफूले नारा दिएर महाधिवेशनमा होमिन खोज्दा पाखा लगाइएको पौडेलको गुनासो छ ।
‘मैले वास्तवमा सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं भनेर नारा दिएको त मलाई नै पाखा पारियो,’ उनले भने, ‘अनि यही हो नि देश । अनि यही हुन्छ रु अनि यो देशलाई कल्ले उद्धार गरिदिने हो ?’
