काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीको विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् । जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारीसहित विज्ञप्ति जारी गरिएको छ ।

