ठमाडाैं,१६ असार । नेपाली कांग्रेस बागमति प्रदेशले गठबन्धनकाे पूर्व सहमतिअनुसार प्रदेश मुख्यमन्त्रीकाे दाबी गर्दै हस्ताक्षर संकलन सुरू गर्रेकाे छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले सहज रुपमा सत्ता छाड्न नमानेपछि काँग्रेसले माओवादीसँग मिलेर हस्ताक्षर संकलन थालेको हो । गठबन्धन भित्रकाे पूर्व सहमतिअनुसार कार्यन्वायनहुने छाँट नदेखेपछि हस्ताक्षर संकलन गर्न थालेको नेताहरूले बताएका छन् ।
सत्ता परिवर्तनकाे कुरा उठेसँगै बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ ।
नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले भने । सत्ता गठबन्धनभित्र नेतृत्वको विषयमा विवाद चलिरहेको बेला एमालेले गठबन्धन फुटाउने रणनीतिका साथ जसको नेतृत्वमा सरकार बनाएपनि विश्वासको मत दिने बताएको हो ।
मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेसका इन्द्र बानियाँले केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन् । सरकारको नेतृत्व परिवर्तनअघि आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले हस्ताक्षर संकलन गरिएको बताए ।
