• ट्रेण्डिङ्ग :
बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ बालुवाटारबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ बालुवाटारबाट पक्राउ


  • 6.3K
    SHARES
    • आषाढ १७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ बालुवाटारबाट पक्राउ

    काठमाडौं, १७ असार । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो ।

    images

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिवाना ठहर भएका शर्मा र गुरुङलाई आज बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ शर्मालाई अदालतले ११ दिन कैद सजाय तथा रु ५५ लाख जरिवना तथा गुरुङलाई रु नौ लाख ९० हजार जरिवाना तथा दुई दिन कैद सजाया हुने फैसला गरेको थियो । पक्राउ परेका दुवैलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप