• ट्रेण्डिङ्ग :
निजगढमा प्रधानमन्त्री सहित शीर्ष नेताहरु 

निजगढमा प्रधानमन्त्री सहित शीर्ष नेताहरु 


  • 5.4K
    SHARES
    • आषाढ १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    निजगढमा प्रधानमन्त्री सहित शीर्ष नेताहरु 

    काठमाडौं,१८ असार । प्रधानमन्त्री शेरबहादुर देउवा  सहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री सहितनेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।

    शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काटठमाडौं फर्किने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ ।

    अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ । विमानस्थबारे सर्वोच्चको आदेशबारे प्रायस् सबै राजनीतक दलका नेताहरू एक देखिएका छन् । विमानस्थल निर्माण हुनुपर्ने तर्क नेताहरूको छ ।

     


    तेस्रो आँखा
    लेखकबाट थप