• ट्रेण्डिङ्ग :
बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने, तीन विकल्पमा छलफल प्रारम्भ

बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने, तीन विकल्पमा छलफल प्रारम्भ


  • 5.5K
    SHARES
    • आषाढ १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने, तीन विकल्पमा छलफल प्रारम्भ

    काठमाडौं,१९ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटी बैठक बोलाएको समय पारेर भेला गर्ने नेताहरुले बताएका छन् । पार्टीमा विवाद चलिरहेका बेला परिषद् अध्यक्ष भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । तर त्यो भेटपछि जसपा फुट उन्मुख छ ।

    images

    अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । भट्टराई पक्ष भने बैठकमा नजाने तयारीमा छ । भट्टराई स्वयं अब उपेन्द्र यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् । यादव र भट्टराईबीच सल्लाहमै अलग अलग बाटो रोज्न गत बुधबारको भेटमा छलफल समेत भएको श्रोतको दावी छ । 

    शनिबार मात्रै डा भट्टराईले गोरखा काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा पार्टीमा देखिएको समस्याबारे लामो सम्बोधन गरे ।  उनले जसपामा उन्नत, समावेशी लोकतन्त्रको अभ्यास नभएको र सानो, क्षेत्रीय र त्यसमा पनि एउटा जातको पार्टी जस्तो बनेको बताएका थिए । अब नयाँ अभियानमा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको भट्टराईको भनाइ थियो ।  उनले तीन विकल्पमा छलफल प्रारम्भ गरेका छन् ।

    पहिलो, कम्युनिस्ट घटकहरुले हिजोको जडतालाई छोडेर नयाँ ढंगले आउँछन् भने समाजवादी केन्द्र बनाउने भन्ने छ । त्यस्तै दोस्रोमा वैकल्पिक राजनीति भन्ने पक्षहरुसँग सहकार्य गरेर नयाँ धार सिर्जना गरेर अघि बढ्ने विषयमा छलफल सुरु गरेको उनी निकट नेताहरुले बताएका छन् ।  यदी यी दुइ विकप्लमा पनि कुरा नमिले छुट्टै अस्तित्वसहित अभियान अघि बढाउने र अरुसँग सहकार्य गर्ने गरी तेस्रो विकल्प भट्टराई समुहले रोजेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप