काठमाडौं, २० असार । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको ज्यादती र झुटको खेती अति भएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताएका छन् ।
उनले गगन थापाले विगतमा आफ्नो पालामा इनफ इज इनफ भनेर आन्दोलन उक्साएको स्मरण गरेका हुन् । विशेषगरी अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा झुटको खेती व्यापक भएको उनको भनाइ छ । जनतालाई यस विषयमा स्पष्ट जानकार नगराइएको भन्दै उनले सरकारसँग प्रश्न गरे ।
