काठमाडाैं, २० असार। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनुचित मूल्यवृद्धि गर्दा त्यसो नगर्न भनेर ध्यानाकर्षण गराउने विद्यार्थीहरुलाई कुट्ने, थुन्ने काम भएको भन्दै त्यसको विरोध र घोर भत्र्सना गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै ओलीले विद्यार्थी तथा युवाहरुले अनुचित मूल्यवृद्धिको विरुद्धमा आवाज उठाउँदा घाइते हुनुपरेको, रगाताम्य हुनुपरेको भन्दै सरकारको त्यस्तो व्यवहारको विरोध गरे । ‘सरकारले अनुचित मूल्यवृद्धि गर्दा यस्तो नगर्न भनेर आवाज उठाउँदा सरकारले विद्यार्थी र युवाहरुलाई कुट्ने, थुन्नेकाम गर्यो’, ओलीले भने ‘यो सरकारको तानाशाही, अलोकतान्त्रिक र दमनकारी व्यवहार हो । यस्तो कार्य सरकाले गर्नुहुँदैन म यसको विरोध र घोर भन्र्सना गर्दछु ।’
ओलीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि घटाउने बितिक्कै उनीहरुले उठाएको कुरा सहि थियो भन्ने पुष्टि भएको दाबी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्लो पटक आन्दोलन गरेर मुल्यवृद्धि फिर्ता गराउने विद्यार्थी तथा युवाहरुलाई धन्यावाद ज्ञापन गरे ।
