बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


  • 6.1K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    बालाजुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    काठमाडौं, २१ असार । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौं लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।

    images

    दुर्घटनामा परी सख्त घाइते हुनुभएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप