• ट्रेण्डिङ्ग :
माओवादीले बजेट र अर्थमन्त्रीमाथि उठेका प्रश्नका विषयमा एमालेसँग छलफल गर्ने

माओवादीले बजेट र अर्थमन्त्रीमाथि उठेका प्रश्नका विषयमा एमालेसँग छलफल गर्ने


  • 5.1K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    माओवादीले बजेट र अर्थमन्त्रीमाथि उठेका प्रश्नका विषयमा एमालेसँग छलफल गर्ने

    काठमाडौं, २२ असार । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

    images

    संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

    अर्थमन्त्रीको विषयमा चौतर्फी आलोचना भइरहँदा पनि सरकार मौन बसेको भन्दै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको नियतमा पनि प्रश्न उठाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप