• ट्रेण्डिङ्ग :
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान


  • 9.2K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान

    काठमाडौं, २२ असार । निर्वाचन आोगले  प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने आयोगको अनुमान छ ।

    images

    ‘‘तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेतका कारणबाट ‘ २०७९ सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेश गरिएको छ’ आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले भने ।


    तेस्रो आँखा
    लेखकबाट थप