जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरे: वर्षमान पुन

जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरे: वर्षमान पुन


  • 6.3K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    जनार्दन शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरे: वर्षमान पुन

    काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले जनार्दन शर्माले अर्थमन्त्रीपदबाट राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताएका छन् । 

    images

    बुधबारको संसद बैठकपछि संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दैनेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताएका हुन् । ‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए।

    यसअघि पनि अर्थमन्त्रीबारे छानबिन गर्न समिति बने पनि तत्कालीन अर्थमन्त्रीहरूले राजीनामा नदिएको प्रसंग उठाउँदै पुनले यसपालि प्रमुख प्रतिपक्षीले बढी नै विरोध गरेको बताए। ‘भरतमोहन अधिकारी र विष्णु पौडेल अर्थमन्त्री हुँदा पनि छानबिन समिति बनेका थिए तर उहाँहरूले राजीनामा दिनुभएन,’ पुनले भने,‘रामशरण महतले भने छानबिन समिति बनेपछि राजीनामा दिनुभएको रैछ। निर्दोष प्रमाणित भएपछि उहाँ फेरि फर्किनुभयो।’

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप