नागरिकतासम्बन्धी ऐन संशोधनका लागि संसदमा विचाराधीन विधेयक फिर्ता

नागरिकतासम्बन्धी ऐन संशोधनका लागि संसदमा विचाराधीन विधेयक फिर्ता


  • 6.5K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    नागरिकतासम्बन्धी ऐन संशोधनका लागि संसदमा विचाराधीन विधेयक फिर्ता

    काठमाडाैं,२२ असार । मधेस केन्द्रित दलहरुको मुख्य मागमध्ये नागरिकताको विषय पहिलो प्राथमिकतामा रहँदै आएको छ । गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले विधिवत रुपमा उठाएको नागरिकतासम्बन्धी माग अहिले मधेसवादी विभिन्न दलको एजेण्डा बनेको छ ।

    images

    हालै सरकारले नागरिकतासम्बन्धी ऐन संशोधनका लागि संसदमा विचाराधीन विधेयक फिर्ता लिएको छ । संयोग नै मान्नुपर्छ, नागरिकतासम्बन्धी मुद्दा उठाउनेमध्येकै एक दल जसपा नेपालबाट सरकारमा प्रतिनिधित्व गर्दै आएका तीन मन्त्रीलाई फिर्ता बोलाएर सोही पार्टीबाट प्रतिनिधित्व गराइएका अन्य तीन मन्त्री पहिलो पटक मन्त्रिपरिषद बैठकमा सहभागी हुँदा उक्त विधेयक फिर्ता लिने निर्णय भएको हो ।

    नवनियुक्त मन्त्रीहरु प्रदीप यादव, मृगेन्द्रकुमार सिंह यादव र इस्तियाक राइसमेत सम्मिलित मन्त्रिपरिषद बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको हो । जबकि यी तीनै जनाले संसदमा नागरिकताको विषयलाई पटकपटक उठाउँदै आएका थिए । नागरिकताका लागि कयौं पटक उनीहरुले आन्दोलन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # देवदह

  • तेस्रो आँखा
    लेखकबाट थप