• ट्रेण्डिङ्ग :
आरोप पुष्टि नभए जनार्दन नै अर्थमन्त्रीमा फर्कने दावी

आरोप पुष्टि नभए जनार्दन नै अर्थमन्त्रीमा फर्कने दावी


  • 5.6K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    आरोप पुष्टि नभए जनार्दन नै अर्थमन्त्रीमा फर्कने दावी

    काठमाडाैं,२२ असार ।  संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै पुन: अर्थमन्त्री फर्कने नेकपा  माओवादी केन्द्रले बताएको छ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले संसदीय छानविन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दावी गरेका हुन् ।

    images

    अहिले छानविनका लागि मार्गप्रशस्तमात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्रीमा फर्किने दाबी गरे। संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानविन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने जिकिर गरे। पुनले अर्थमन्त्रीले राजीनामा दिएर शर्माले उच्च राजनीतिक नैतिकता देखाएको बताए।

    अर्थमन्त्रीमाथि छानविन गर्न समिति गठन हुनुलाई पार्टीले स्वभाविक रुपमा लिएको र पार्टीले नै राजीनामा दिन सुझाव दिएको पुनको भनाइ छ। उनले छानविन समितिले नै सत्यतथ्य ल्याउने भए पनि अहिले नै शर्मालाई दोषी देखाउने काम भएको भन्दै आपत्ति जनाए।


    तेस्रो आँखा
    लेखकबाट थप