• ट्रेण्डिङ्ग :
विराटनगर बसपार्कको प्रतीक्षालयमा शव भेटियो 

विराटनगर बसपार्कको प्रतीक्षालयमा शव भेटियो 


  • 5.8K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    विराटनगर बसपार्कको प्रतीक्षालयमा शव भेटियो 

    विराटनगर, २३ असार । विराटनगर बसपार्कको प्रतीक्षालयमा  एक पुरुषको शव  भेटिएको छ । विराटनगर महानगरपालिका ११ स्थित बसपार्कमा आज बिहान पुरुष मृत फेला परेका हुन् । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ  ।

    images

    उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका स्थानीयले बताएका छन् ।  शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप